अशोकको ‘अप्प दीपो भवः’ आयो
जेठ ३१, २०८२ शनिबार
जापानमा चामलको भाउ अघिल्लो वर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ । चामलको मूल्यवृद्धि जापानमा राजनीतिक एजेण्डा बनेको छ । तथ्याङ्कअनुसार सन् २०२४ को अप्रिलको तुलनामा चामलको मूल्य ९८ दशमलव ४ प्रतिशतले बढेको छ । मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले आफ्नो आपतकालीन भण्डारको केही हिस्सा बजारमा समेत पठाएको छ ।
सन् २०२३ मा अत्यधिक गर्मी मौसम, कम बर्षा र खडेरीका कारण धानको उत्पादन कम हुनुलाई चामलको भाउ बढ्नु मुख्य कारण मानिएको छ । त्यस्तै खपत बढ्नुमा पर्यटकको उच्च वृद्धि समेत रहेको र केही व्यापारीले खाद्यान्न भण्डारण गरेको अनुमान छ ।
जापानका कृषिमन्त्री टाकु इटोले चामलको बारेमा गरेको टिप्पणीपछि पदबाट राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो । ताजा खानाबाहेक उपभोक्ता मूल्य मापन, अघिल्लो महिना अप्रिलमा ३ दशमलव २ प्रतिशत अर्थात् बजार पूर्वानुमान भन्दा माथि पुगेको छ । मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३ दशमलव ५ प्रतिशत पुगेको हो । मुद्रास्फीतिका कारण बैंक अफ जापानले ब्याजदरहरू बढाउने सम्भावना बलियो बनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।