थाइल्याण्डसँगको खेलका लागि नेपाली महिला टोलीको घोषणा

 जेठ ९, २०८२ शुक्रबार १७:४९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – थाइल्याण्डसँगको खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपाल र थाइल्याण्डबीच बैंककमा दुई वटा खेल हुनेछ । पहिलो खेल मे ३० तारिखमा बन्द रङ्गशालामा हुनेछ । अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जुन २ तारिखमा हुनेछ । नेपालले एएफसी महिला एशियन कप छनोटको तयारीका लागि खेल्न लागेको हो । छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । नेपाल रहेको समूहमा लाओस, श्रीलङ्का र उज्बेकिस्तान छन् ।

नेपाली टोली
गोलकिपर : अञ्जिला तुम्बा पोसुब्बा, अञ्जना रानामगर, उषा नाथ
डिफेन्डर : गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे
फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी
मिडफिल्डर : रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया