अशोकको ‘अप्प दीपो भवः’ आयो
जेठ ३१, २०८२ शनिबार
काठमाण्डौ - सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
केहीबेरअघि न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशलाई सदर गर्दै रास्वपा सभापति लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा रुपन्देहीको भैरहवा कारागारमा रहेका छन् ।
गएको वैशाख ७ गते लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ भएको हो ।
यो मुद्दामा गएको माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यो आदेशविरुद्ध रुपन्देही सरकारी वकिलको कार्यालयले रिट दर्ता गरेकोमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
सर्वोच्चले पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा राख्ने आदेश सदर गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।