काठमाण्डौकाे तीनकुने घटनामा एक सय आठ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय

 जेठ १०, २०८२ शनिबार ६:३७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको तीनकुनेमा गएको चैत १५ गते राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

एक सय आठ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित जिल्ला प्रहरी परिसर काठमाण्डौले हिजो जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनलाई अनुसन्धान र विश्लेषण गरेर भोलिसम्म अभियोगपत्र दायर गर्ने तयारी गरेको छ ।

प्रहरीले आपराधिक उपद्रव, सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, कर्तव्य ज्यानमुद्दा, ज्यान मार्ने उद्योगलगायतमा मुद्दा प्रस्ताव गरेको छ ।

प्रहरीले यस घटनामा आपराधिक उपद्रव र सङ्गठित अपराधमा ६१ जना र राज्यविरुद्धको कसूरमा २९ जनामाथि अनुसन्धान गरिरहेको थियो ।

त्यसमध्ये आपराधिक उपद्रव, सङ्गठित अपराधमा अनुसन्धानमा रहेका ३४ जना र राज्यविरुद्धको कसूरमा रहेका तीन जना हाजिरी जमानीमा छुटेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवम् सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा राखिएको छ भने दुर्गा प्रसाईं हिरासतमै छन् ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया