हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरुद्ध

 जेठ १०, २०८२ शनिबार ७:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डौ – हेटौँडा– काठमाण्डौ जोड्ने कान्ति लोकपथ गएरातिदेखि अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो पानी परेर आएको बाढीले बगाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि गाडी आवतजावत बन्द छ । अवरुद्ध सडक खुलाउने पहल भइरहेको अर्यालले जानकारी दिनुभयो ।

कान्ति लोकपथ सडक अवरुद्ध हुँदा हेटौँडा–काठमाण्डौ  आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

काठमाण्डौ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक जेठ दुई गतेदेखि मर्मतका लागि १९ दिनका लागि बन्द गरिएको छ ।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्न बन्द गरिएको हो ।

कान्ति लोकपथ पनि बन्द हुँदा कुलेखानी–सिस्नेरी–फर्पिङसहित वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

अन्तिम अपडेट: जेठ २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया