अशोकको ‘अप्प दीपो भवः’ आयो
जेठ ३१, २०८२ शनिबार
काठमाण्डौ – पूर्वपश्चिम राजमार्गको नवलपरासी दाउन्ने खण्डमा एकतर्फी गाडी चल्न थालेका छन् । गएराति परेको पानीले दाउन्ने सडकखण्डको खुर्सानी खोलानजिक सडक भत्किएको थियो ।
बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने खुर्सानी खोलामा गएराति ११ बजेतिर भत्किएको सडक बिहान ८ बजेपछि मर्मत थालेर झन्डै डेढ घण्टाको प्रयासमा सडक एकतर्फी खुलेको हो ।
अहिले रोकिएका गाडीलाई आलोपालो गरेर गन्तव्यतर्फ लाग्ने व्यवस्था मिलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी जवान मोहन शाहीले उज्यालोलाई जानकारी दिनुभयो ।
दाउन्ने खण्ड केही दिन अघिदेखि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य हुँदै आएको छ । यो सडकमा यात्रा भने सहज छैन ।
गएराति बाटो भत्किएपछि पश्चिमबाट पूर्व जाने गाडी बर्दघाट र पूर्वबाट पश्चिमका लागि छुटेका गाडी दुम्किबास ज्यामिरेमा रोकिएको थियो ।
अहिले रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लाग्न थालेका छन् । सडक दुईतर्फी नै खुलाउन भने समय लाग्ने ट्राफिक प्रहरीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।