भोलिदेखि बदलीसँगै केही ठाउँमा वर्षा शुरू हुने सम्भावना

 जेठ २७, २०८२ मंगलबार १८:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – भोलिदेखि केही शीतल शुर हुने भएको छ । बङ्गालको खाडीमा बनेको न्यून चापीय हावाका कारण भोलिदेखि नेपालमा पनि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि बेलुकापछि कोशी प्रदेशमा रहेको मनसुन सक्रिय भएर थप विस्तार हुने भएकाले वर्षा हुने र केही दिनमै देशका अरू भेगमा समेत मनसुन फैलने महाशाखाको अनुमान छ ।

बङ्गालको खाडीमा मनसुन चापीय क्षेत्र कमजोर र पूर्वी एशियामा बलियो बनेका कारण नेपाल आइसकेको मनसुन पनि शिथिल बनेको हो । तर बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बन्ने क्रममा रहेकोले केही दिनमै सक्रिय भएर पर्याप्त वर्षाको सम्भावना रहेको छ ।

आज पनि काठमाण्डौ उपत्यकासहित आसपासमा सामान्य पानी परेको छ । पछिल्लो ६ घण्टामा काभ्रेको पनौतीमा १७ दशमलव २ मिलिमिटर र सोलुखुम्बुको पेकरनासमा झन्डै २२ मिलिमिटर वर्षा भएको छ । पूर्वको खोटाङ, सोलुखुम्बुसहित काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौ उपत्यका र उपत्यकाबाट पश्चिमतर्फ म्याग्दी, रुकुम, सल्यान, जुम्लालगायतका जिल्लामा पनि पानी परेको छ ।

अन्तिम अपडेट: असार २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया