पहाडी तथा हिमाली भागका केही ठाउँमा वर्षाको सम्भावना

 जेठ २८, २०८२ बुधबार ६:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – अत्यधिक गर्मी बढेको पश्चिम तराईसहित काठमाण्डौ उपत्यकामा पानी परेसँगै केही शीतल भएको छ । तर पूर्वी तराईमा भने अझै वर्षा नहुँदा गर्मी अत्यधिक रहेको छ ।

पछिल्लो १२ घण्टाको अवधिमा दाङको पदमपुरमा ५२ मिलिमिटरभन्दा धेरै पानी परेको छ । पछिल्लो १२ घण्टामा गण्डकी प्रदेशको धेरैजसो पहाडी क्षेत्र र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परेको छ । यस्तै काठमाण्डौ उपत्यका तथा आसपास र पूर्वी पहाडका सोलुखुम्बु, खोटाङलगायत केही ठाउँमा पनि पानी परेको छ ।

यसैबीच देशभर आंशिक तथा सामान्य बदली रही पहाडी तथा हिमाली भागका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बिहानी बुलेटिनमा उल्लेख गरेको छ ।

कोशी प्रदेशका धेरैजसो ठाउँमा फैलिसकेको मनसुन शिथिल भएर अघि नबढ्दा देशभर गर्मी बढेकोमा अर्को सामान्य प्रणालीका कारण केही ठाउँमा पानी परेको हो ।

बङ्गालको खाडीमा नयाँ न्यून चापीय क्षेत्र बन्ने क्रममा रहेकोले भोलिदेखि मनसुन सक्रिय हुन थालेर पर्सि शुक्रवारदेखि पानी पर्न थाल्ने र आइतवारदेखि वर्षाको सम्भावना धेरै रहेको मौसमविद्ले बताएका छन् । आइतवारदेखि पहाडी क्षेत्रमा रोपाइँ गर्न मिल्नेगरी वर्षा हुने माैसमविद्काे अनुमान छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया