पश्चिमी क्षेत्रमा सक्रिय रहेको वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै, ७ जिल्लामा बाढीकाे जाेखिम

 जेठ २८, २०८२ बुधबार ११:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – अहिले देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा गराउने प्रणाली सक्रिय रहेको छ । बितेको १२ घण्टामा डडेल्धुराको गाइबाँधे क्षेत्रमा ६७ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यो अवधिमा गण्डकी प्रदेशको लमजुङ, कास्की, बागलुङ र लुम्बिनी प्रदेशका धेरै ठाउँ र सुदूरपश्चिमको तराई क्षेत्रमा वर्षा भएको छ ।

यी क्षेत्रमा विकसित भएको वर्षा गराउने प्रणाली अहिले पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोट जिल्ला र आसपास भएर बग्ने खोला तथा नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ । आज ललितपुर लगायत २४ वटा जिल्लामा बाढीको सम्भावना रहेकोमा सात वटा जिल्लामा मध्यम जोखिम रहेको महाशाखाको सूचनामा उल्लेख छ ।

यस्तै महाशाखाले आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको जनाएको छ ।

यसैबीच कोशी प्रदेशमा आएर शिथिल बनिरहेको मनसुन आज राति वा भोलिदेखि सक्रिय भएर पश्चिमतर्फ सर्ने र आइतवारपछि मध्य क्षेत्रबाट पश्चिमतर्फ सर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया