देशका कतिपय विद्यालयमा आज पठनपाठन प्रभावित
साउन २, २०८२ शुक्रबार
इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले इराकमा रहेको दूतावास आंशिक रूपमा खाली गर्ने भएको छ । सुरक्षा जोखिम बढेका कारण बगदादमा रहेका गैर–आवासीय अमेरिकी दूतावासका कर्मचारीहरू र उनीहरूका आश्रितहरूलाई इराकबाट बाहिर लाने अमेरिकी सरकारी स्रोतहरूले बताएका छन् ।
अमेरिकी अधिकारीहरुमाथि इजरायल र इरानमा कारबाही शुरु गर्न तयारी भइरहेको बीबीसीको खबरमा उल्लेख छ । अमेरिकाले इरान र इराकमा रहेका अमेरिकी निकायहरुमा आक्रमण हुनसक्ने अनुमान गरेर अमेरिकाले आफ्ना कार्यालयहरु सार्न लागेको हो । यस्ता निर्णयले गर्दा अमेरिका र इरानबीच हुन लागेको आणविक कार्यक्रमबारेको वार्ता पनि पछिल्लो दिनहरुमा रोकिएको देखिन्छ ।
यसअघि इरानले द्वन्द्व चर्किए त्यहाँ रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको थियो । यीनै कुरालाई आधार मानेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू कम विश्वस्त रहेको बताउनुभएको छ ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गएको अप्रिलदेखि दुई देशबीच पाँच चरणको वार्ता भइसकेको छ ।
संयुक्त राज्य अमेरिकाको मध्यपूर्वमा धेरै सैन्य अखडा छन् र सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारमा छ । इरान र संयुक्त राज्य अमेरिकाबीच इरानको युरेनियम सम्वद्धनलाई लिएर कूटनीतिक गतिरोध उत्पन्न भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।