दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
काठमाण्डाै – फिफा वरीयतामा नेपाली महिला फुटबल टोली एक स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेर १००औं स्थानमा पुगेको छ । यसअघि नेपाल ९९औं स्थानमा थियो ।
नेपालले पछिल्लो पटक थाइल्यान्डसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेलेकोमा दुई वटैमा हार बेहोरको थियो ।
फिफा महिला वरीयतामा अमेरिका शीर्ष, स्पेन दोस्रो र जर्मनी तेस्रो स्थानमा यथावत् छन् । यस्तै ब्राजिल चार स्थान सुधार गरेर चौथौ स्थानमा आइपुग्दा इङ्ग्ल्यान्ड एक स्थान तल झरेर पाँचौं स्थानमा पुगेको छ ।
फिफा पुरुष वरीयतामा नेपाल १७५औं स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।