रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्...
असार २६, २०८२ बिहिबार
काठमाण्डाै – विश्वमा अझै पनि १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ । विश्व बालश्रमविरुद्धको दिवसका अवसरमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ मा विश्वभर झन्डै १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको जानकारी गराएका हुन् ।
बालश्रममा रहेकामध्ये पाँच करोड ४० लाख जनाभन्दा धेरै बालबालिका जोखिमयुक्त काममा संलग्न रहेका प्रतिवेदनमा उल्लेख छ । जोखिमयुक्त कामका कारण ती बालबालिकाको स्वास्थ्य, सुरक्षा वा मानसिक विकासमा गम्भीर असर पारिरहेको प्रतिवेदनमा भनिएको छ ।
सन् २०२० यता दुई करोड २० लाख बालबालिका बालश्रमबाट मुक्त भए पनि सन् २०२५ सम्म बालश्रमको पूर्ण उन्मूलन गर्ने विश्व लक्ष्य भने अधुरै रहेको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदन अनुसार बालश्रमको ६१ प्रतिशत कृषि क्षेत्रमा रहेको छ । त्यसपछि सेवा क्षेत्रमा २७ प्रतिशत र उद्योग क्षेत्रमा १३ प्रतिशत बालबालिका कार्यरत देखिन्छन् ।
आईएलओ र युनिसेफले बाल श्रम उन्मूलनका लागि सामाजिक सुरक्षा प्रणालीमा लगानी गरी बालभत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
२०७८ सालमा गरेको अध्ययन अनुसार नेपालमा ११ लाख बालबालिका बालश्रममा रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागले अन्तराष्ट्रिय श्रम सङ्गठनसँगको सहकार्यमा गरेको अध्ययन अनुसार ११ लाख बालबालिका श्रममा रहेका पाइएकोमा दुई लाख जना बालबालिका जोखिमपूर्ण श्रममा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।