अमेरिकाले अस्ट्रेलिया र बेलायतसँग गरेको अर्बाैं डलरको पनडुब्बी सम्झौताको समीक्षा गर्ने

 जेठ २९, २०८२ बिहीबार १५:१७:५० | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

अमेरिकाले बेलायत र अस्ट्रेलियासँगको पनडुब्बी सम्झौताको समीक्षा गर्ने बताएको छ । अस्ट्रेलिया र बेलायतसँग भएको अर्बाैं डलरको पनडुब्बी सम्झौतालाई ‘अमेरिका पहिले’ भन्ने अजेन्डा अनुकूल भए/नभएको हेर्ने भन्दै वाशिङ्टनले समीक्षा गर्ने बताएको बीबीसीले जनाएको छ ।

यो त्रिपक्षीय सम्झौतालाई चीनको बढ्दो शक्तिको प्रतिक्रियाका रूपमा हेरिएको छ । 'अस्ट्रेलिया–यूके–यूएस' वा छोटकरीमा 'ओकस' नाम दिइएको यो सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट पहिलो परमाणु रियाक्टरबाट सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने थियो । साथै यी तीन साझेदारले अत्याधुनिक प्रविधि आपसमा बाँडेर नयाँ नौसैनिक फ्लीट तयार गर्ने थिए ।

अस्ट्रेलिया र बेलायतले गएको वर्ष यो सम्झौताको समीक्षा गरेका थिए । दुवै देशले अमेरिकी अनुसन्धानलाई सामान्य मानेर स्वीकार गरेका छन् र नयाँ प्रशासनले सम्झौताको पुनर्मूल्याङ्कन गर्नु स्वाभाविक भएको बताएका छन् ।

अमेरिकाले अस्ट्रेलियालाई उसको रक्षा खर्च बढाएर जीडीपीको २ प्रतिशतबाट ३ दशमलव ५ प्रतिशत पुर्‍याउन दबाव दिइरहेको छ । अहिलेसम्म अस्ट्रेलियाले यसमा सहमति जनाइसकेको छैन ।

सन् २०२१ मा २ सय ३९ अर्ब अमेरिकी डलर बराबरको पनडुब्बी सम्झौतामा हस्ताक्षर हुँदा तीन वटै देशमा अहिलेका भन्दा फरक नेताहरू थिए ।

अन्तिम अपडेट: असार २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया