नेप्से ९ अङ्कले घट्याे, साढे १२ अर्ब रुपैयाँभन्दा धेरैकाे शेयर काराेबार

 जेठ २९, २०८२ बिहीबार १५:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ०८ अङ्कले घटेर २ हजार ६ सय ५५ दशमलव ३८ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, जलविद्युत् र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र व्यापार समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ ।

आज गुँरास लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका २ करोड ८६ लाख कित्ता शेयर १२ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया