दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
काठमाण्डाै – लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै मधेश प्रदेशले १६ वर्षमुनिको टीबी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेशले ९ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । मधेशका ताहिर अन्सारीले १३, राहुल पासवानले १२ रन बनाए । लुम्बिनीका सुरज यादव र कप्तान सन्दीप थापाले २/२ विकेट लिए ।
यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर ५० रन बनायो । लुम्बिनीका आरोनजङ्ग गिरीले नटआउट २९, जोन ओलीले ११ रन बनाए । मधेशका कृष्ण महतोले ३ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।