बालश्रम अन्त्य गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई बालश्रमिकको पत्र

 जेठ २९, २०८२ बिहीबार १८:३३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – विभिन्न क्षेत्रमा श्रम गर्दै आएका १९ जना बालश्रमिकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर बालश्रमको अन्त्य गरिदिन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसका अवसरमा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले आज आयोजना गरेको अन्तरक्रियालगत्तै बालश्रमिकहरूले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । उनीहरूले आफूले बालश्रमिकका रूपमा काम गर्दा भोगेका कष्टबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

नेपाल सरकारले पछिल्लो समय सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५ देखि १७ वर्ष उमेर समूहका १३ दशमलव ३ प्रतिशत, १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कम उमेरका १८ प्रतिशत बालबालिका अझै पनि श्रममा रहेका छन् ।

सिविसले ४ सय जना बालश्रमिकमा गरेको सर्वेक्षणमा सबैभन्दा बढी गरिबीका कारण र त्यसपछि पारिवारिक हिंसाका कारण श्रममा आएको पाइएको छ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया