जग्गा विवादको विषयमा झडप हुँदा दैलेखमा एक जनाको ज्यान गयाे

 जेठ २९, २०८२ बिहीबार १८:३२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

दैलेख – जग्गा विवादको विषयमा झडप हुँदा दैलेखमा एक जनाको ज्यान गएको छ । भैरवी गाउँपालिका–६ कुर्माकोटका ५१ वर्षीय रामबहादुर हमालको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

गएराति कुर्माकोटको ज्यामुडाँडामा भएको झडपमा हमाल घाइते हुनुभएकाे र कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज ज्यान गएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा एकैघरका कुलबहादुर सिंह, मनिषा सिंह र सुरेन्द्र सिंहलाई पक्राउ गरिएको र थप अनुसन्धान भक्षरहेको डीएसपी बरालले बताउनुभयाे ।

अन्तिम अपडेट: असार २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया