एअर इन्डिया विमान दुर्घटना : २ सय ४ जनाको ज्यान गएको पुष्टि

 जेठ २९, २०८२ बिहीबार २०:८:२२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

भारतको गुजरात राज्यको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एअर इन्डियाको विमान दुर्घटनामा २ सय ४ जनाको ज्यान गएको पुष्टि भएको छ ।

विमान दुर्घटनामा अहिलेसम्म २ सय ४ वटा शव प्राप्त भएको अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचार चलिरहेको पनि प्रहरीले जनाएको छ ।

भारतीय समय अनुसार दिउँसो १ बजेर ३८ मिनेटमा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर विमान उडेको केही समयमै दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त विमानमा २ सय ३२ यात्रु, २ चालक र १० क्याबिन क्रु सदस्य रहेका एअर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जानकारी दिएको छ ।

विमानमा रहेकामध्ये १ सय ६९ जना भारतका, ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया