म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो
असार २६, २०८२ बिहिबार
काठमाण्डौ – मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) गर्ने सबै विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने भएको छ । विश्व विद्यालयले विद्यावारिधि तहमा भर्ना हुन आउने विद्यार्थीलाई सत् प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ पनि शैक्षिक भत्ता प्रदान गर्ने जनाएको छ ।
मकवानपुरको चितलाङमा रहेको विश्वविद्यालयले आउँदो नोभेम्बरको लागि अप्लाइड साइन्स सङ्कायअन्तर्गत स्नातकोत्तर र विद्यावारिधि तहका लागि भर्ना आवेदन खुलाएको छ । विद्यावारिधि तहका लागि आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी चार विधामा आवेदन दिन सकिन्छ ।
यस्तै स्नातकोत्तर तहमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी तीन विधामा आवेदन खुलेको हो । स्नातकोत्तर तहमा एक सेमेस्टरको ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीहरूका लागि छात्रवृत्ति र शैक्षिक भत्ताको समेत व्यवस्था रहेको विश्वविद्यालयका उपप्राध्यापक डा. राजिव सुब्बाले जानकारी दिनुभयो ।
स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीलाई भने २५ देखि सत् प्रतिशत छात्रवृत्ति प्रदान गरिने उहाँको भनाइ छ । जसमध्ये हरेक विधाका दुई/दुई जना विद्यार्थीले शत प्रतिशत छात्रवृत्तिसहित दुई वर्षका लागि मासिक १२ हजार रुपैयाँ शैक्षिक भत्ता पनि पाउनेछन् । विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीले आउँदो असार २० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।