बाग्लुङकाे ढोरपाटनमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 जेठ ३१, २०८२ शनिबार ७:९:३९ | रासस
unn.prixa.net

साङ्केतिक तस्वीर

बाग्लुङ – बाग्लुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो बेलुका भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीप चालक २७ वर्षीय गोविन्द थापासहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरका लागि छुटेको लुम्बिनी प्रदेश ०१००१ च १७७५ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा चालकसहित १६ जना  रहेका थिए ।   

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया