दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
इरानले इजरायलमा जवाफी आक्रमण गरेको छ । दुई देशले एक अर्कालाई निरन्तर आक्रमण गरिरहेका छन् । इजरायलले हिजो बिहानै इरानमाथि हवाई आक्रमण गरेपछि इरानले जवाफ फर्काएको छ ।
तेल अभिभ र जेरुसलेममा विस्फोटका आवाजहरू सुनिएका छन् । इरानले यो अपरेशनलाई ‘ट्रू प्रमिस ३’ नाम दिएको छ । उसले ब्यालिस्टिक मिसाइल प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानी आक्रमणबाट इजरायलमा भौतिक क्षति र मानिसहरू हताहत भएका सीएनएनले जनाएको छ । यससँगै तनाव पनि थप चर्किएको छ । इजरायल र इरान दुवैले पछिल्ला आक्रमणपछि आफूहरू पछि हट्ने अवस्थामा नरहेको जनाएका छन् ।
उनीहरूले युद्ध शुरू भएको भन्दै थप आक्रमण गर्ने सङ्केत देखाएका छन् । इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एअर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीमाथि एकै पटक आक्रमण गरेको थियो । इरानको राजधानी तेहरान आसपास इजरायलबाट आक्रमण भएको थियो ।
हिजो संयुक्त राष्ट्रसङ्घमा इरानका राजदूत अमिर सइद इराभनीले इजरायली आक्रमण र त्यसले इरानमा पुर्याएको क्षतिबारे ब्रिफिङसमेत गर्नुभएको थियो ।
इजरायलको आक्रमणबाट इरानमा कम्तीमा ७८ जनाको ज्यान गएको उहाँको दाबी छ । ज्यान गुमाउनेमा इरानी सेनाका शीर्ष अधिकारीहरू पनि छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भीडीओ सन्देशमा थप आक्रमण बाँकी नै रहेको चेतावनी दिनुभएको छ ।
त्यस्तै इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले देशभरका नागरिकलाई सुरक्षित ठाउँभन्दा धेरै टाढा नजान सचेत गराएको छ ।
बीबीसीका अनुसार इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र रोक्न सैन्य कारबाही चलिरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न भनिएको छ ।
इरानका प्रतिनिधिले अमेरिकालाई इजरायललाई हतियार दिएको आरोप लगाउँदै सुरक्षा परिषद्मा कारबाहीको समेत माग गरेका छन् ।
इरानी सर्वोच्च नेता अली खामेनीले इजरायलको आक्रमणले ‘युद्धको शुरुआत’ गरेको बताउँदै ‘हिट एन्ड रन’ रणनीति अपनाएर सजिलै उम्कन नदिने चेतावनी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।