दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
काठमाण्डौ – चालू आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो गएको वर्षको यसैअवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गएको वर्षको वैशाखसम्म बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
चालू आर्थिक वर्षको १० महिनामा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ । गएको वर्षको वैशाखमा ५९ करोड ३ लाख रुपैयाँ खुद मुनाफा गरेको नेपाल बैंकले चालू आर्थिक वर्षको वैशाखसम्ममा ३ अर्ब २८ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३ प्रतिशतले नाफा बढाएर ५ अर्ब २ करोड, एभरेष्ट बैंकले ३१ प्रतिशतले नाफा बढाएर ३ अर्ब ९० करोड र ग्लोबल आईएमई बैंकले झन्डै ३० प्रतिशतले नाफा बढाएर ५ अर्ब ३५ करोड रुपैयाँ पुर्याएका छन् ।
यस्तै माछापुच्छ्रे बैंकको १८.७ प्रतिशतले नाफा बढेर १ अर्ब ३१ करोड, लक्ष्मी सनराइज बैंकको १०.२ प्रतिशतले नाफा बढेर २ अर्ब १५ करोड, सानिमा बैंकको ७.१ प्रतिशतले नाफा बढेर १ अर्ब ८७ करोड, एनएमबी बैंकले ५.६ प्रतिशतले नाफा बढेर २ अर्ब ६२ करोड, नबिल बैंकको २ प्रतिशतले नाफा बढेर ५ अर्ब ६० करोड र सिद्धार्थ बैंकको १.७ प्रतिशतले नाफा बढेर २ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।
एनआईसी एशिया बैंकको नाफा ७७.१ प्रतिशतले घटेर ४७ करोड ८७ लाख, हिमालयन बैंकको ६९.३ प्रतिशतले घटेर ६८ करोड ३४ लाख तथा कुमारी बैंकको ६६.३ प्रतिशतले घटेर ४८ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।
यस्तै कृषि विकास बैंकको ३५.७ प्रतिशतले नाफा घटेर १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि ३०.९ प्रतिशतले घटेर १ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ ।
सिटिजन्स बैंकको नाफा २१.४ प्रतिशतले घटेर १ अर्ब १८ करोड, प्रभु बैंकको नाफा २०.१ प्रतिशतले घटेर २ अर्ब १४ लाख, प्राइम कमर्सियल बैंकको नाफा १९.८ प्रतिशतले घटेर २ अर्ब ५८ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १२ प्रतिशतले घटेर २ अर्ब ३४ करोड र नेपाल एसबीआई बैंकको नाफा २.९ प्रतिशतले घटेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।