घाँटीमा मासु अड्किएर धनकुटामा एक वृद्धको ज्यान गयो

 जेठ ३१, २०८२ शनिबार ९:४७:५६ | सन्ताेष रुचाल
unn.prixa.net

प्रतीकात्मक तस्वीर

धनकुटा – धनकुटामा मासु खानेक्रममा अड्किएर एक वृद्धको ज्यान गएको छ । महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर ज्यान गएको हो ।

जेठ २१ गते घाँटीमा मासु अड्किएपछि लिम्बूलाई उपचारका लागि विराट अस्पताल विराटनगर लगिएको थियो ।

मासु घाँटीबाट निकालिएको भए पनि असर पारेका कारण उपचारको क्रममा गएराति लिम्बूको ज्यान गएको डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया