पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब विश्वकपको फाइनलमा
असार २६, २०८२ बिहिबार
काभ्रेपलाञ्चोक – काभ्रेको मण्डनदेउपुर नगरपालिकाले क्रसर तथा इँटाका चार वटा उद्योग बन्द गरेको छ । पटक–पटक ताकेता गर्दा पनि कर तिर्न अटेरी गरेपछि ती उद्योगमा ताला लगाएको नगरपालिकाले जनाएको छ ।
मेयर टोकबहादुर वाइबा नेतृत्वमा जनप्रतिनिधि, स्थानीय उद्योग वाणिज्य सङ्घलगायत सम्मिलित अनुगमन टोलीले नगर कार्यालयमा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका क्रसर उद्योग र इँटा उद्योगमा ताला लगाएको हो ।
टोलीले तीन वटा इँटा उद्योग र एउटा क्रसर उद्योगमा ताला लगाएको मेयर वाइबाले जानकारी दिनुभयो । उहाँका अनुसार सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले आर्थिक वर्ष २०७८/०७९ देखि अहिलेसम्म ४५ लाख ८४ हजार रुपैयाँ कर तिरेको छैन ।
त्यस्तै कालीदेवी, चण्डेनी–नगरकोट ब्रिक्स इण्डष्ट्रिज प्रालि र दक्षिणकाली इँटा उद्योगमा ताला लगाइएको छ । कालीदेवीले ६१ लाख ८४ हजार रुपैयाँ , दक्षिणकालीले ४५ लाख ८४ हजार रुपैयाँ कर तिरेका थिएनन् ।
चण्डेनी–नगरकोट ब्रिक्स उद्योग भने दर्ता नभएकाले बन्द गरिएको हो । मेयर वाइबाले ताला नखुलाउँदासम्म उद्योगबाट कुनै पनि सामग्री बेचबिखन नगर्न निर्देशन दिइएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।