दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
क्यानडाको कानानास्किसमा शिखर सम्मेलनका लागि भेला भएका जी–सेभेन नेताहरूले इजरायल–इरान सङ्कटमा चिन्ता व्यक्त गर्दै मध्यपूर्वमा तनाव कर्म गर्न आह्वान गरेका छन् ।
जी–सेभेन देशहरूले संयुक्त विज्ञप्ति निकालेर गाजामा युद्धविरामसहित मध्यपूर्वमा तनाव कम गर्न आह्वान गरेका बीबीसीले जनाएको छ । तर जी–सेभेन नेताहरूले इजरायल र इरानबीच युद्धविरामका लागि आह्वान गर्न भने अस्वीकार गरेका खबरमा उल्लेख छ ।
जी–सेभेन नेताहरूले यस क्षेत्रमा शान्ति र स्थायित्वप्रतिको आफ्नो प्रतिबद्धता पनि दोहोर्याउँदै इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ भनेर उल्लेख गरेका छन् । उनीहरूले इरानलाई क्षेत्रीय अस्थिरता र आतङ्कको वास्तविक स्रोत भनेका छन् । इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने उनीहरूले बताएका छन् ।
जी–सेभेन नेताहरूले अन्तर्राष्ट्रिय ऊर्जा बजारको बारेमा सतर्क रहने र बजारको स्थिरता जोगाउन आफ्ना साझेदारहरूसँग मिलेर काम गर्न तयार रहने पनि बताएका छन् ।
यसअघि मध्यपूर्वमा तनावका कारण अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प जी–सेभेन बैठकबाट चाँडै बाहिरिनुभएको थियो । इजरायल र इरानले लगातार पाँचौं दिन एकअर्कामाथि आक्रमण गरिरहेका छन् । यसअघि ट्रम्पले सामाजिक सञ्जालमा इरानको राजधानी तेहरान छाड्न नागरिकलाई आह्वान गर्नुभएको थियो ।
आर्थिक रूपमा सबल देशहरूको समूह जी–सेभेनमा अमेरिका, बेलायत, क्यानडा, इटली, फ्रान्स, जर्मनी र जापान छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।