गुल्मीमा पहिलो पटक स्थानीय धानको चामल बजारमा

 असार ३, २०८२ मंगलबार १८:३३:५३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा पहिलो पटक स्थानीय धानको चामललाई 'प्याकेजिङ' र 'ब्रान्डिङ' गरी बजारमा ल्याइएको छ । धुर्कोट गाउँपालिका–६ सिस्तुङ्गका किसान मेघनाथ अर्यालले खाद्यान्न प्रशोधन तथा प्याकेजिङ उद्योगमार्फत धुर्कोटे स्थानीय चामल व्यावसायिक रूपमा बिक्रीका लागि बजारमा ल्याउनुभएको हो ।

स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा प्रवर्द्धन गरी बजारीकरण गर्ने उद्देश्यले आफैँले उत्पादन गरेको चामललाई ‘धुर्कोटे चामल’ को नाममा ब्रान्डिङ गरी बजारमा पठाएको अर्यालले बताउनुभयो । उहाँले प्रशोधन गरेको चामललाई २५/२५ किलोको बाेरामा प्याकिङ गर्नुभएको छ । २५ किलोको बोरालाई दुई हजार पाँच सय रुपैयाँ मूल्य राखिएको छ ।

धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा किसान अर्यालले उद्योग स्थापना गरी चामल उत्पादन गर्न थाल्नुभएको हो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पहाडी क्षेत्रमा चिसो पानीमा उत्पादन भएको धुर्कोटे चामलसहित कृषि उपजमा पालिकाबाट आउँदा दिनमा बजारीकरण, प्रविधि तथा ढुवानीलगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गाउँ खाली हुनलाग्दा गाउँमै फर्किएर अर्यालले गरेको कामबाट सबैले सिक्नुपर्ने बताउनुभयो ।

अर्यालले गएको वर्ष चार सय मुरी धान उत्पादन गर्नुभएको थियो । उहाँले एक सय १२ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा धानखेती गर्दै आउनुभएको छ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया