युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

 असार ३, २०८२ मंगलबार १८:२४:३४ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

इजरायलसँग युद्धविरामका लागि पहल गरिदिन इरानले खाडीका तीन वटा देश– ओमान, कतार र साउदी अरेबियालाई आग्रह गरेको छ ।

शुक्रवारदेखि आक्रमण र प्रत्याक्रमणको शृङ्खला चलेपछि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्सपसँग छलफल गरिदिन आग्रह गरेको इरानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यी तीन देशहरूले पनि अमेरिकासँग नजिकको सम्बन्ध राख्छन् ।

इरानले इजरायल तत्काल युद्धविरामका लागि तयार भए अमेरिकासँगको परमाणु कार्यक्रमसम्बन्धी सम्झौतामा थप लचकता अपनाउने प्रतिबद्धता पनि व्यक्त गरेको रोयटर्सले जनाएको छ ।

परमाणु हतियारसम्बन्धी सम्झौताका लागि ट्रम्पले दिनुभएको अन्तिम समयसीमा सकिनासाथ इजरायलले इरानमाथि आक्रमण शुरू गरेको थियो । इजरायलको पहिलो दिनको आक्रमणपछि ट्रम्प आफैँले पनि इरानलाई परमाणु कार्यक्रमबारे वार्ता र सहमतिका लागि बारम्बार आह्वान गरिरहनुभएको छ ।

इजरायलले पाँच दिनको आक्रमणमा परमाणु संरचना, हतियार कारखाना, आणविक वैज्ञानिकदेखि उच्च सैन्य अधिकारीहरूको समेत हत्या गरेर इरानी सेनाको व्यवस्थापन नै धराशायी बनाइदिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामभन्दा राम्रो कुरा खोजिरहेको बताउनुभएको छ । जी–सेभेन शिखर सम्मेलनबाट फर्कने क्रममा एअर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले युद्धविरामको अपेक्षा नगरेको तर आफूहरू युद्धविरामभन्दा राम्रो कुरा खाेजिरहेकाे बताउनुभएको बीबीसीले जनाएको छ । पत्रकारहरूले युद्धविरामभन्दा राम्रो के हुन्छ भनेर सोध्दा उहाँले वास्तविक अन्त्य चाहेको बताउनुभयो ।

ट्रम्प मध्यपूर्वको समस्या समाधान गर्न र युद्धविरामको पहलका लागि जी–सेभेनको बैठक बीचमै छाडेर वाशिङ्टन फर्कनुभएको हो ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया