इजरायली आक्रमणमा अमेरिका सामेल भए 'अपूरणीय क्षति' हुने ट्रम्पलाई इरानी सर्वोच्च नेताको चेतावनी

 असार ४, २०८२ बुधबार १८:२४:३९ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

गएको शुक्रवार इजरायलले इरानको आणविक कार्यक्रम सहित सैन्य पूर्वाधार लक्षित आक्रमण गरेपछि शुरू भएको दुई देशबीचको द्वन्द्व ६ दिनदेखि चलिरहेको छ ।

गैरनाफामुखी संस्था मानव अधिकारकर्मी समाचार एजेन्सी (एनआरएएन) को तथ्याङ्क अनुसार इजरायली आक्रमणका कारण इरानमा ४ सय ५२ जनाको ज्यान गएको र ६ सय ४६ जना घाइते भएका बीबीसीले जनाएको छ । यस्तै इजरायलमा इरानी आक्रमणमा परेर २४ जनाको ज्यान गएको र ८ सय जनाभन्दा धेरै घाइते भएका छन् ।

इजरायली सेनाले द्वन्द्वको छैटौं दिनमा धेरै इरानी युरेनियम सेन्ट्रीफ्यूज उत्पादन स्थल र हतियार बनाउने पूर्वाधारहरूमा आक्रमण गरेको बताएको छ । यस्तै इरानी सञ्चारमाध्यमका अनुसार इरानले पहिलो पटक इजरायलमा फतह मिसाइल प्रहार गरेको छ । फतह मिसाइल हाइपरसोनिक हो ।

यसैबीच इजरायली आक्रमणमा अमेरिका सामेल भएमा अपूरणीय क्षति’ हुने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । खामेनेईले सरकारी टेलिभिजनमा सन्देश दिँदै इरानले आत्मसमर्पण नगर्ने बताउनुभएको हो ।

छैटौं दिन पनि द्वन्द्व जारी रहँदा ट्रम्पले इरानी आणविक सुविधाहरूमा इजरायलको आक्रमणमा सामेल हुनेबारे छलफल गरिरहनुभएको बीबीसीले जनाएको छ । यसअघि ट्रम्पले विनाशर्त आत्मसमर्पणका लागि इरानलाई आग्रह गर्नुभएको थियो ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया