कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असार ४, २०८२ बिहीबार ५:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै बाँकेमा ४७.२ मिलिमिटर पानी परेको छ ।

आज दिउँसो पनि सबै प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकका नदी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले विज्ञप्ति निकालेर असार ३ देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा पर्ने भोटेकोशी नदीको जलाधार क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको चीनको प्रहरी कार्यलयमार्फत सूचना प्राप्त भएको जानकारी दिएको छ ।

विभागका अनुसार हालको भूउपग्रह र मौसम विश्लेषणका आधारमा ती क्षेत्रहरूमा मनसुनको प्रभाव रहे पनि कमजोर अवस्थामै रहेको र हल्कादेखि मध्यम वर्षासम्मको सम्भावना रहेको छ ।

यद्यपि मौसममा हुने आकश्मिक परिवर्तन र बाढीजन्य सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले निरन्तर अनुगमन गरिरहेको र अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया