म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो
असार २६, २०८२ बिहिबार
अमेरिकाले इरान र इजरायलबीचको आक्रमणमा आफ्नो संलग्नताबारे सोचिरहेको बताइरहँदा दुई देशले एकअर्कामाथि आक्रमण बढाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको इच्छा देखाए पनि यसबारे पुष्टि नगरेको अवस्थामा इरान र इजरायलले गएराति पनि एकअर्कामाथि आक्रमण गरेका बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिले आफूले चाल्ने कदमबारे कसैलाई जानकारी नभएको तर आक्रमण तीव्र भइरहँदा इरानलाई धेरै समस्या भएकोबारे भने आफूले आँकलन गर्न सक्ने बताउनुभयो ।
इरानकै सहजताका लागि भए पनि आफूले वार्तामा जोड दिएको उहाँको भनाइ छ । तर इरानले अमेरिका र इजरायल सामु कहिल्यै नझुक्ने र युद्ध विराम असम्भव रहेको अडान लिइरहेको छ ।
यसअघि इरानका सर्वोच्च नेताले ट्रम्पलाई इजरायली आक्रमणमा अमेरिका सामेल भएमा अपूरणीय क्षति हुने चेतावनी दिएका थिए ।
यसैबीच, पछिल्लो तीन दिनमा कम्तीमा ३० अमेरिकी सैन्य विमानहरू अमेरिकाबाट युरोपमा सारिएका छन् । विमानहरू सबै अमेरिकी सैन्य ट्याङ्कर विमानहरू हुन् जुन लडाकु जेट र बमवर्षकहरूलाई इन्धन भर्न प्रयोग गरिन्छ ।
इजरायलले गएको शुक्रवार इरानको आणविक क्षेत्रमा आक्रमण गरेपछि इजरायल र इरानबीच शुरू भएको द्वन्दको समयमा अमेरिकी उडानहरु युरोप पुगेपछि यसबारे प्रश्न उठेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।