दीपक मनाङेको सांसद पद खारेज

 असार ५, २०८२ बिहीबार ६:४१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डौ – मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई गएको कात्तिक अन्तिम हप्ता जेल चलान भएका मनाङेको पद रिक्त भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेदवार हुनसमेत अयोग्य भएको उल्लेख गर्दै गुरुङले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो ।

गुरुङलाई सर्र्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति हिजोदेखि लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासको निर्णयसँगै मनाङ ‘ख’मा उपचुनाव हुने भएको छ ।

मनाङे यसअघि छ पटक प्रदेशको मन्त्री भएका थिए । कहिले नेकपा, कहिले एकीकृत समाजवादी प्रवेश गरेका मनाङेको संसद सचिवालयमा भने स्वतन्त्र संसदकै हैसियत थियो ।

मनाङेलाई यसअघि उच्च अदालत पाटनले २०६९ मा ज्यान मार्ने अभियोगमा पाँच वर्ष कैद हुने फैसला गरेको थियो । दुई पटक गरी ३२ महिना जेल बसिसकेका मनाङे कैद भुक्तानका लागि अब २० महिना जेल बस्नुपर्छ ।

अन्तिम अपडेट: असार २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया