बाढी पहिरोका कारण नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पामा सडक बन्द

 असार ५, २०८२ बिहीबार ९:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डौ – बाढी पहिरोका कारण पूर्वी नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पमा सडक बन्द भएको छ । प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीमा असार १ र ३ गतेदेखि बन्द भएको सडक अझै खुलेको छैन ।

यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा पनि सडक अवरुद्ध छ । दुम्कीबास, दाउन्नेलगायतका ठाउँमा सडक हिलो र चिप्लो भएर तथा बेलाबेला डाइभर्सन बगाएर सडक अवरुद्ध भइरहेकाले वैकल्पिक बाटो प्रयोग गर्न नवलपरासी प्रहरीले आग्रह गरेको छ ।

बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको रुप्सेमा पनि सडक बन्द भएको छ । यस्तै भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी छलघाटमा पनि हिजोदेखि सडक पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल तथा मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको तुइनखोला र नाम्सी पुलमा सडक एकतर्फी सञ्चालनमा छ । 

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया