पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब विश्वकपको फाइनलमा
असार २६, २०८२ बिहिबार
लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक हप्तामा दुई वटा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको ज्यान गएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जनाएको छ ।
जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो जहाज दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएका थिए । पाँच जना भने र जीवित फेला परेका आईओएमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
समुद्रमा डुबेर ज्यान गुमाउनेमा इरिट्रिया, पाकिस्तान, इजिप्ट र सुडानका नागरिक रहेका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार दोस्रो दुर्घटना बन्दरगाह शहर तोब्रुकबाट झन्डै ३५ किलोमिटर टाढा भएको थियो, जहाँ कम्तीमा ३९ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीएफले जनाएको छ ।
भूमध्यसागर पार गरेर युरोप जाने क्रममा यस वर्ष अहिलेसम्म कम्तीमा सात सय ४३ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।
यस मार्गमा बढ्दो खतरनाक मानव तस्करी अभ्यास, सीमित उद्धार क्षमता र मानवीय परिचालनमा बढ्दो प्रतिबन्धले बढ्दो समस्यालाई उजागर गरेको छ ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार जुन १५ सम्ममा इटालियाली तटमा आप्रवासीको अवतरण वर्षेनि १५ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।