दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
काठमाण्डौ – क्लब विश्वकपअन्तर्गत इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले मोरक्कोको क्लब विदादलाई हराएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले क्लब विदादलाई २–० ले हराएको हो ।
समूह ‘जी’ मा शीर्ष स्थानमा रहेको सिटीले अब आउँने आइतवार अटलान्टामा अल–आइनसँग खेल्नेछ । विदाद भने फिलाडेल्फियामै रहेर युभेन्ट्ससँग खेल्नेछ ।
गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिड र साउदी अरबको क्लब अल हिलाले १–१ गोलको बराबरी खेलेका छन् । समूह एचमा रहेका दुवै टोलीले अङ्क बाँडेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।