म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो
असार २६, २०८२ बिहिबार
काठमाण्डाै – अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘बिग बाश लिग’ (बीबीएल) को विदेशी खेलाडीको ड्राफ्टमा परेका नेपालका ६ जना खेलाडी टिममा आबद्ध हुन असफल भएका छन् ।
नेपालबाट सन्दीप लामिछाने, देव खनाल, आरिफ शेख, अर्जुन साउद, विपिन शर्मा र शेर मल्ल ड्राफ्टमा रहेका थिए । तर आज भएको १५औं संस्करणको बीबीएल ड्राफ्टमा नेपालका खेलाडी कुनै पनि टोलीमा अनुबन्ध हुन सकेनन् । आज भएको ड्राफ्टबाट ८ वटा टोलीले १५ जना खेलाडी अनुबन्ध गरेका छन् ।
सन्दीपले यसअघि मेलबर्न स्टार्स र होबर्ट हरिकेन्सबाट बीबीएल खेलिसकेका छन् । सन्दीप र ललित राजवंशी गएको संस्करणको बीबीएल ड्राफ्टमा सहभागी भए पनि उनीहरूलाई कुनै पनि टोलीले आबद्ध गरेनन् ।
बीबीएलमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कोर्चर्स, सिड्नी सिक्सर्स, सिड्नी थन्डर गरी ८ वटा टोली छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।