इजरायली रक्षामन्त्रीकाे चेतावनी– ‘इरानी सर्वाेच्च नेता खामेनेई अस्तित्वमा रहन सक्दैनन्’

 असार ५, २०८२ बिहीबार १७:५०:५३ | एजेन्सी
unn.prixa.net

इरानले इजरायलको दक्षिणी भागमा रहेको बेरशेबा शहरको सोरोका अस्पतालमा मिसाइल आक्रमण गरेको छ । इरानको मिसाइल आक्रमणमा इजरायली अस्पताल क्षतिग्रस्त भएको र कम्तीमा ३२ जना घाइते भएका बीबीसीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले यो आक्रमणको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार घाइतेहरूकाे उपचार भइरहेको छ ।

इरानले नागरिक क्षेत्रलाई निशाना बनाइरहेको र त्यसमध्ये अस्पतालसमेत रहेको इजरायलले बताएको छ । इरानले भने मिसाइल आक्रमणको निशाना अस्पताल नभएको बताएको छ । इरानले आफ्नो निशाना बेरशेबाको सोरोका अस्पताल नजिकै रहेको सैन्य अड्डा रहेको बताएको छ ।

यसैबीच इरानी क्षेप्यास्त्र आक्रमणमा सोकोरा अस्पतालमा क्षति पुगेपछि इजरायलका रक्षामन्त्रीले इरानका सर्वोच्च नेतालाई अब अस्तित्वमा रहन दिन सकिँदैन भन्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई अस्तित्वमा रहन दिन नसकिने बताउनुभएको हो ।

इजरायल र इरानबीचको द्वन्द्व चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गर्नुभएको तर अन्तिम निर्णय भने बाँकी रहेको बीबीसीले  जनाएको छ । यस्तै अमेरिकाले हस्तक्षेप गरेमा अपूरणीय क्षति हुने इरानी सर्वाेच्च नेताले चेतावनी दिनुभएको छ ।

गएको शुक्रवार इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पूर्वाधारमा आक्रमण गरेपछि इरानले पनि बदलामा इजरायलमाथि आक्रमण गरिरहेको छ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया