आज विश्व सङ्गीत दिवस मनाइँदै

 असार ७, २०८२ शनिबार १०:६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व सङ्गीत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सङ्गीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्त्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखमा  विभिन्न साङ्गीतिक कार्यक्रम गरी सङ्गीत दिवस मनाउने गरिन्छ ।

सङ्गीत दिवसको शुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।

सङ्गीत सिक्दै गरेका र व्यावसायिक सङ्गीतकारलाई एकै ठाउँमा ल्याउन र सङ्गीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका एक सय भन्दा धेरै देशमा सङ्गीत दिवस औपचारीक रुपमा मनाउने गरिन्छ ।

नेपाली मौलिक सङ्गीतसँगै पछिल्लो क्रममा विश्वमा विकास हुँदै आएका सङ्गीतका बारेमा अध्ययन, अनुसन्धान र सिर्जनाका लागि जोड दिनु पर्ने यस क्षेत्रमा लागेकाहरु बताउँछन् ।


 

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया