सर्लाहीको खैराटोलमा सडक विस्तारको विषयमा झडप : प्रहरीसहित तीन जना घाइते

 असार ७, २०८२ शनिबार ११:५५:३६ | रामबाबु खड्का
unn.prixa.net

प्रतीकात्मक तस्वीर

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा सडक विस्तारको विषयलाई लिएर झडप भएको छ ।

बिहान दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित तीन जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका  छन् । घाइतेहरु कुलबहादु कार्की, टीकाबहादुर कार्की र प्रहरी निरीक्षक गणेशको बरहथवा अस्पतालमा उपचार भइरहेको छ ।

अहिले खैराटोलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बरहथवा नगरपालिका–४ वडा कार्यालयले खैराटोलको  सडक ढलान गर्न चालू आर्थिक वर्षको योजनाबाट सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सडक विस्तार गर्दा सडकको दुईतर्फ नै बराबर जग्गा लिनुपर्ने माग गरेकोमा केहीले जबर्जस्ती ढलान गर्न खोजेपछि झडप भएको स्थानीयवासीको भनाइ छ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया