नवलपरासी, पाल्पा र रोल्पामा सडक अवरुद्ध

 असार ७, २०८२ शनिबार १२:७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाढी र पहिरोका कारण नवलपरासी, पाल्पा र रोल्पामा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा बाढीले डाइभर्सन बगाएपछि सडक पूर्णरुपमा बन्द छ ।

यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–२ सुरुङ मार्गमा पहिरोले सडक बन्द छ । घोराही रुकुम शहीद मार्गअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ जङ्गडाँडामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

पहिरोले अवरुद्ध भएको धनकुटाको रवि राके भेडेट सडकअन्तर्गत साँगुरीगढी गाउँपालिका ५, कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका १ बतासे डाँडा, बेनी जोमसोम सडक खण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ रुप्सेमा पर्ने सडक एकतर्फी सञ्चालनमा आएको छ ।

त्यस्तै कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका ६ बर्लाबा र जुम्ला मुगु सडक खण्डअन्तर्गत सिंजा गाउपालिका २ चुलेलगाउँमा पहिरोले अवरुद्ध सडक एकतर्फ सञ्चालनमा भएको छ ।

बाढीले अवरुद्ध भएको भेरी करिडोरअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटमा अवरुद्ध सडक पनि एकतर्फी सञ्चालनमा आएको छ । 

 

अन्तिम अपडेट: असार २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया