रास्वपाको प्रवक्तामा मनिष झा, महामन्त्रीमा कविन्द्र बुर्लाकोटी

 असार ७, २०८२ शनिबार १२:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक प्रवक्ता मनिष झालाई प्रवक्ता र कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ ।

आज बसेको पार्टीको बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो । पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि प्रवक्ता र महामन्त्री पद कार्यवाहकका रुपमा रहेका थिए ।

यसैबीच पार्टी स्थापना दिवसको अवसरमा रास्वपाले आज काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पार्टीका नेता कार्यकर्ताले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध जनाएका छन् ।

रास्वपा स्थापनाको तेस्रो वर्ष भएको छ । यस अवसरमा पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले पनि आफूविरुद्धका आरोपको खण्डन गर्नुभएको छ ।
 

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया