वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार तीन सयभन्दा धेरै विद्युतीय गाडी आयात

 असार ७, २०८२ शनिबार १२:४२:३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्वीर

पर्सा – वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख रुपैयाँ मूल्य पर्ने साना–ठूला दुई हजार तीन सय ८५ विद्युतीय गाडी आयात भएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयले चालू आवमा विद्युतीय गाडीकोे आयातबाट एक अर्ब ८४ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आवमा विद्युतीय गाडीको आयात बढेको बताउनुभयो ।

चालू आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख रुपैयाँ मूल्यका एक सय ९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् ।

त्यस्तै गरी यही अवधिमा ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका १३ करोड ४२ लाख रुपैयाँ मूल्य पर्ने ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ ।

त्यस्तै एक सय एक किलोवाटदेखि दुई सय किलोवाट क्षमताका २४ करोड ७५ लाख रुपैयाँ मूल्यका ३६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् ।

यो नाका हुँदै ४० करोड ७८ लाख रुपैयाँ मूल्य पर्ने एक हजार सात सय एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । 

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया