बायर्न म्युनिख क्लब विश्वकपको अघिल्लो चरणमा : बेनफिकाले अकल्याण्डलाई ६ गोलले हरायो

 असार ७, २०८२ शनिबार १३:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बायर्न म्युनिख फिफा क्लब विश्वकपको अघिल्लो चरणमा प्रवेश गरेको छ । समूह चरणको खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सलाई २–१ ले पराजित गर्दै बायर्न नकआउट चरणमा पुगेको हो ।

बायर्नका लागि ह्यारी केन र माइकल ओलिसेले गोल गरे । बोका जुनियर्सका मिगुएल मेरेन्टिएलले एक गोल फर्काए । समूह ‘सी’ मा बायर्न २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

यो समूहको अर्को खेलमा पोर्चुगिज क्लब बेनफिकाले न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ६ गोलको फराकिलो अन्तरले हराएको छ । योसँगै बेनफिकाको २ खेलमा ४ अङ्क छ ।

बोका जुनियर्स १ अङ्कसहित तेस्रो तथा समान २ खेलमा खाता खोल्न नसकेको अकल्याण्ड पुछारमा छ ।

फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘डी’ हिजोको खेलमा चेल्सीले ब्राजिलियन क्लब फ्लामेंगोसँग ३–१ को हार बेहोरेको छ ।
 

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया