आईपीएल : पञ्जावमाथि राजस्थानको जित

 बैशाख २६, २०७५ बुधबार ९:१३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २६ – इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थानले पञ्जावलाई १५ रनले हराएको छ ।

जयपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५८ रन बनायो । राजस्थानका लागि जोस बटलरले ८२ रन बनाए भने सन्जु सामसनले २२ तथा बेन स्टोकले १४ र स्टुवार्ट विनीले ११ रनको योगदान गरे ।  बलिङतर्फ एन्ड्रु तेइले ४ विकेट लिए ।

जवाफमा पञ्जावले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ४३ रनमा रोकियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । एक पछि अर्को विकेट गुमाएको पञ्जावले ६६ रन बनाउँदा ५ विकेट खेर फाल्यो । उसका लागि ओपनर लोकेश राहुलले ९५ रन बनाउदा अरु खेलाडी एकोहोरो रुपमा आउट भए ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया