सडकमाथिबाट खसेको ढुंगाले लाग्दा चालकको ज्यान गयो

 असार ४, २०७५ सोमबार ८:३१:५८ | उज्यालो सहकर्मी

रुपन्देही – नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा सडकमाथिबाट खसेको ढुंगाले लाग्दा ट्रक चालकको ज्यान गएको छ ।

गएराति साढे बजेतिर  ढुंगा खसेर ग १ ख ८२२८ नम्बरको ट्रकमा लाग्दा ट्रक चालकको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगानाको ज्यान गएको हो ।

पानी पर्न थालेसँगै नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँ ठाउँमा पहिरो जान तथा ढुंगा खस्न थालेको छ । बाटो विस्तारका क्रममा काटिएका पहाड तथा चट्टान खस्ने जोखिम धेरै छ ।

यो सडकखण्डको कालीखोला लगायत केही क्षेत्रलाई अति जोखिमयुक्त क्षेत्रको रुपमा राखिएको छ । 
 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया