भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
सरकारी कार्यालयमा नेपाली कागजको प्रयोग धेरै हुन्छ । स्वदेशी उत्पादन पनि भएको र टिकाउ पनि धेरै हुने भएकाले नेपाली कागजको प्रयोग बढेको हो ।
यसबाहेक हस्तकला तथा सजावटको सामग्रीको रूपमा पनि यसको प्रयोग हुन्छ । नेपाली कागज बनाएर गुजारा चलाउने धेरै छन् ।यस्तै मध्येमा पर्नुहुन्छ, झापाका सोमबाहादुर चोम्वाङ ।
उहाँले नेपाली कागज बनाउने काम गर्न थालेको ६ वर्ष भयो । सोमबहादुर र उहाँकी श्रीमती दुवैजना नेपाली कागज बनाउने काम गर्छन् । श्रीमान श्रीमती दुवै मिलेर काम गर्दा सजिलो पनि हुने, गुजारा पनि चल्ने सोमबहादुरको अनुभव छ ।