कार्यालय प्रमुख नहुँदा हुम्लामा मालपोतकाे काम ठप्प

 बैशाख ३, २०७६ मंगलबार १५:२२:२६ | रमेश ऐडी
unn.prixa.net

हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मालपोत कार्यलयमा प्रमुख नहँुदा जग्गासम्बन्धी काम ठप्प भएको छ ।

कर्मचारी समायोजन हँुदा जिल्लामा रहेको मालपोत कार्यालयको काम एक महिनादेखि रोकिएको हो । 

जग्गा पास, राजीनामा, दाखानामसारी, रजिष्टे«शन वकपत्र जस्ता जग्गाको काम रोकिएको छ । गएको चैत ५ गते मालपोत कार्यलय हुम्लाका कार्यालय प्रमुख डील वहादुर क्षेत्री समायोजन भएर काठमाण्डौ कलंकीमा सरुवा भएपछि रोकिएका हुन् । 

कामको लागि सेवागा्रही दैनिक कार्यलयमा आए पनि प्रमाणीत गने र हस्ताक्षर गर्ने कार्यालय प्रमुख हालसम्म नभएको कम्पुटर अपरेटर एवं निमित्त कार्यलय प्रमुख मिम सिंह नेपालीले बताउनुभयो । 

कार्यालयमा हाल कम्पुटर अपे्रटर नेपाली र ५जना कार्यालय सहयोगी मात्र रहेका छन् । जिल्लामा रहेका ७ वटा गाउँपालिकाका जनताले सदरमुकाम सिमकोटमा जग्गाको कारोबार गर्ने हुँदा हाल कामहरु रोकिएका छन् ।  नयाँ भवन निर्माणको लागि विद्यालयको नाममा जग्गा पास गर्न सदरमुकाम सिमकोट आएका हिमचुली निमावि अदानचुली-५ का प्रधानाध्यापक पृथ्वी शाहीले आफू एक हप्तासम्म सदरमुकाम बसे पनि काम नभएको गुनासो गर्नुभयाे । 

४ दिन पैदल हिँडेर पनि जग्गा पास नभएर फर्कनु परेको उहाँकाे भनाइ थियाे । कर्मचारी सामायोजन हुँदा भएका कर्मचारी सहरतिर लागेपछि दुर्गम हिमाली जिल्लामा कर्मचारी आउन मानिरहेका छैन्न् ।

जिल्लाको सदरमुकाम सिमकोटमा जग्गासम्बन्धी काम गर्न तीन चार दिन हिँडेर आए पनि  प्रमुख नहुँदा अधिकांश सेवाग्राही रित्तो हात फर्किन बाध्य छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया