जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
सुर्खेत, जेठ ४ – सुर्खेतको वीरेन्द्रनगरमा भैरहेकाे कर्णाली प्रिमियर लिगमा रुपेन्देही– ११ ले भेरीगङ्गा स्पोट्र्स क्लबलाई ८ विकेटले हराएको छ ।
वीरेन्द्रनगर रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भेरीगङ्गाले निर्धारित १८.६ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनायो । रुपन्देहीका बलर सन्दीप सुनार र बशिर अहमदले समान ३/३ विकेट र विक्रम भुसालले २ विकेट लिए । भेरीगंगाको लागि सौगात कार्कीले सर्वाधिक २० रन बनाए भने समिर चन्दले ९, तिलक थापाले ६, मानसिंह विकले ४ रन प्रेम विकले १३ र रोहित विकले ४ रन बनाए ।
६९ रनको लक्ष्य पछ्याएको रुपन्देहीले ५.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो । सन्दीप सुनारल ३१ रन बनाउन ११ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । सौरभ खनालले ७ बलमा २४ रन बनाउन ३ चौका र २ छक्का प्रहार गरे । खेलको म्यान अफ दी म्याच रुपन्देहीका सन्दीप सुनार भए ।
हिजो भएको खेलमा टिकापुर क्रिकेट क्लबले भेरीगङ्गालाई १ सय ९ रनले हराएको थियो । विहीबारदेखि सूरु भएको कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म हुनेछ ।
कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।