इरानमा इजरायलको क्षेप्यास्त्र आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
धनकुटा – धनकुटाको सिधुवामा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्येश्यका साथ बृहत कृर्षि प्रदर्शनी मेलाको आयोजना गरिएको छ । सिधुवा क्षेत्र धनकुटाभरकै तरकारीको लागि पकेट क्षेत्रको रुपमा पनि चिनिन्छ ।
दुई दिनसम्म सञ्चालन हुने याे कृषि मेला प्रदर्शनीमा कृर्षक, उद्यमी, व्यवसायीहरुलाई आधुनिक खेती प्रविधिका औजार, रोग कीरा व्यवस्थापन, आधुनिक खेती गर्ने तरिका लगायतको बारेमा जानकारी दिने आयोजकले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी जोन सिधुवा, जोन सञ्चालक समिति, शुलभ बचत तथा ऋण सहकारी संस्था तथा सिधुवा बजार व्यवस्थापन समितिले यस कृषि मेला प्रद्धर्शनीको आयोजना गरेको तरकारी जोन सिधुवाका प्रमुख देवेन्द्र साहुले बताउनुभयो ।
कृषि प्रदर्शनीमा राखिएका कृषि उपजलाई सात बाली समूहमा विभाजन गरी प्रत्येक समूहका उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा बन्दा, काउली, आलु लहरे बाली,अन्य तरकारी, फलफूल तथा लघु घरेलु तथा साना उद्योगबाट प्रशाेधित सामग्रीलाई समूह बनाएर राखिएको छ । त्यस्तै किसानले लगाएको तरकारी बालीलाई रोग तथा किराबाट बचाउन किरालाई पासोमा पार्ने प्रविधि फेरेमेन ट्रयाप समेत प्रदर्शनीमा राखिएको छ ।