प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
पर्वत - पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेकाे बम बिस्फाेट हुँदा दुई युवा गम्भीर घाइते भएका छन् ।
आइतबार साँँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएपछि २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् । उनीहरले आफ्नै घरमा बम बनाइरहेका थिए ।
विस्फोटमा परि गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।
घाइते दुबै युवाकाे प्रहरीकाे निगरानीमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।