युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
दिल्लीमा 'टिकटक' सेलिब्रेटी मोहित मोरको गोली हानेर हत्या गरिएको छ ।
नचिनेका व्यक्तिले उनको छातीमा १३ वटा गोली हानेको भारतीयअधिकारीहरुले जनाएका छन् । उनको घटनास्थलमा नै ज्यान गएकाे छ ।
मोहित मोर 'टिकटक' का चर्चित सेलिब्रेटी थिए । 'टिकटक' मा उनको पाँच लाखभन्दा बढी फलोअर छन् । मोहित आफ्नो फिटनेशको भिडियो 'टिकटक' र 'इन्स्टाग्राम' मा पाेस्ट गर्ने गर्दथे ।
मोहित प्रायजसो नजफगढ नजिकको जिममा आउने जाने गर्दथे । त्यही नजिक एउटा फोटोकपी पसलमा उनी आफ्ना साथीहरुसँग बिहान पाँच बजे बसिरहेका थिए ।
त्यही समयमा तीन जना नचिनेका व्यक्ति मोटरसाइकलमा आए अनि गोली हानेर मोहितको हत्या गरे । तीनै जना नचिनेका व्यक्तिहरुको तस्बिर सीसीटिभी फुटेजमा कैद भएको छ । दुई जनाको हेलमेट लगाएको तस्बिर कैद भएको छ भने एकजनालाई प्रस्टै देख्न सकिन्छ ।
त्यसपछि उनीहरु त्यहाँबाट भागे । मोहितलाई उपचारका लागि अस्पताल लैजानै लाग्दा उनको ज्यान गइसकेको थियो ।
‘प्रहरीले यो जघन्य हत्याकाण्डको जाँच गरिरहेको छ । यो घटनामा ग्याङको हात रहेको हुनसक्छ । यसमा व्यक्तिगत दुस्मनी पनि हुनसक्छ', एक प्रहरी अधिकारीले भने ।